कुवेतमा नेपाली पत्रकारिताको इतिहास, अवसर र चुनौती
पसिनासँग पैसा साट्दै आफ्ना आधारभूत आवश्यकता पुरा गर्न कुवेतमा १७ वर्ष बिताएँ । सन २००४ देखी २०२१ सम्म कुवेतमा काम गर्ने क्रममा पत्रकारिता मार्फत कुवेत तथा विश्वभर रहेका नेपाली डायस्पोरा ( समुदाय )सँग जोडिने अवसर पाएँ । नेपाल देखिनै पत्रकारितामा सामान्य तालिम र लेखन शुरु गरे पनि कुवेत पुगे पछि केही समय गुप्तवास बसे झै भयो । त्यो समयमा अहिलेको भन्दा थोरै नेपाली श्रमिक साथीहरू भए पनि समस्याहरू अहिलेको जस्तै थिए । सन २००४ मेइमा कुवेत पुगेर नेपाली समुदायसँग परिचित हुन नपाउँदै सेप्टेम्बरमै एउटै उडानमा गएका साथीलाई गुमाउनु पर्यो । त्यति बेला नेपाली दूतावास पनि नभएको, नेपाली समुदायमा नयाँ भएको तथा कुनै संस्थासँग आवद्द हुन नपाएको अवस्था थियो । उहाँको शव पठाउन कम्पनीकै अग्रज नेपाली ( सिताराम चौलागाँइ ) लगाएको ठूलो भूमिका रह्यो । त्यसबेला देखिनै नेपालीहरू सङ्गठित हुन पाए र पत्रकारिता मार्फत नेपाली श्रमिक दाजुभाइ दिदीबहिनीहरूलाई आइपर्ने बिभिन्न समस्यामा हातेमालो गर्न रहर जाग्यो । नेपाली समुदायलाई जोड्ने जोडाउने रहर पलाउँदै जाँदा कुवेतमा माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब रहेको थाहा भयो । त्यसबेला अहिले जस्तो सामाजिक सञ्जाल र कुराकानी गर्ने माहौल थिएन । म रिगाइ बस्थे । घरमा चिठ्ठी पठाउन कुवेत सीटी जाँदा मित्र सिंजाली दाइको होटलमा फाट्ट–फुट्ट नेपाली भेटिनु हुन्थ्यो । केही बस चलाउने, केही मार्केटमा काम गर्ने, केही घरमा काम गर्ने र केही पैसा पठाउन सिटी आउने नेपालीहरू भेटिनु हुन्थ्यो । मैले करिव ८ महिना लगाएर भेटे जति नेपालीहरूसँग कुरा गर्दै कुवेतमा नेपालीहरूको अवस्था भन्ने स्टोरी लेखे । त्यो स्टोरी धेरै पटक लेख्दै च्यात्दै गर्दे याहो म्यासेन्जरमा फोटो मार्फत कान्तिपुरका लागी पठाए । करिब २ महिना पछि पत्रिकामा छापियो । अनि लेख्न अझै मन हुँदै गयो । डिसी नेपाल, क्यानडा नेपाल, मेरो सिन्धु डटकम मार्फत कुवेतका कुरा लेख्दै गएँ । कामको सिलसीलामा इराक पुगे पछि अझ बढि नेपालीहरू भेट्ने अवसर मिल्यो । इराकको तलिलमा ६ महिना र अनकुन्डा बलादमा ६ महिना काम गरे पछि फेरी इराकमा नेपालीहरूको अवस्था बारे स्टोरी कान्तिपुरका लागी लेखेँ । यतिकैमा इराकबाट कुवेत छुट्टीमा आउदा मित्रदाइको होटलमा बालक गुरुङ (माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब)का तत्कालिन अध्यक्ष र किरण पौडेललाइ भेट्ने मौका पाइयो । सायद किरण सरले नेपालबाट कान्तिपुरमा लेखिएको मेरो लेखको कपि लिएर आउनु भएको रहेछ । तब सबै सँग मिलेर काम गर्ने प्रस्ताव आयो ।
त्यस पछि क्लबका राजन रिमाल, जया आले, इन्द्र भुसाल, सुजन केसी, गायक राजेन्द्र बीरही, राजेन्द्र तामाङ, राम बस्नेत, आर बि बुढाथोकि, आनन्द आचार्य, शुरेश गुरुङ, डम्बर रिमाल, केदारनाथ खरेल लगाएत सँग भेट्ने अवसर मिल्यो । बिस्तारै नेपाली समाजका धेरै साथीहरुसँग जोडिने अवसर मिल्यो । क्लब मार्फत नेपाल र अफ्रिकाको फुटबल खेल, पिकनिक कार्यक्रम लगाएत गरियो । क्लबकै वेबसाइट कुवेतनेपाल डटकम मार्फत कुवेतमा पत्रकारिता शुरु गरियो । केही समय पछि नेपालकुवेत डटकम वेबसाइट छुट्टै शुरु गरियो । तोयानाथ दाहाल, नवराज पन्थी, लोमस बास्तोला, अर्जुन बस्नेत लगाएत जोडिनु भयो । हामीले मरुभूमिको कोसेली पत्रीका शुरु गर्यौ । पछि राज मल्ल, गलाम नबि, चन्द्र गोतामे, बसन्त थापा, राजन श्रेष्ठ, जय नारायण थारु लगायत जोडिनु भयो । अहिले तीतोपाटी डटकमकाे नामले चलिरहेको छ । कुवेतको नेपाली समाजमा लामा भाइ, नैनाकला राइ लगायतले परदेशी खबर शुरु गर्नु भयो । त्यसै गरी प्रदिप नेपाली लगायतले हाम्रो सञ्चार, राज मल्ल, प्रेम जिमी लगाएतले निरेम प्रोडक्स, बिजय लामा लगायतले मनकामनना अपडेट शुरु गर्नु भयो । दिल पाख्रीन, बिजय तामाङ लगायतले आर डि क्रियसन चलाइरहनु भएको छ । अरू पनि धेरै मिडियाहरू चललिहेका छन । कुवेतमा काम गर्न आएका हामी सबैले जानी नजानी अनलाइनबाट शूरु गरेको पत्रकारीताले पत्रीका, मल्टिमिडिया हुँदै पोडकास्ट सम्म फड्को मारेका छौं । पक्कै पनि पहिले देखिनै कामदार भिसामा रही आफ्नो कम्पनीको कामको साथसाथमा परोपकारी काम गर्दै आएका हामी सबै पत्रकारहरुले धेरै कुरा सिक्ने सिकाउने अवसर पाएका छौं ।
सायद सन २००८ देखी प्रवासी पत्रकार महासँघ कुवेत तदर्श समिती बनाइ आर बि बुढाथोकीले नेत्रीत्व लिए । सन २००९मा यसलाइ नेपाल पत्रकार महासँघ वैदेशिक शाखा कुवेत बनाइ तदर्श समुहको अध्यक्ष सुजन केसी बने । नेपाल पत्रकार महासँघ केन्द्रसँगको धेरै समन्वय र वारम्बारको प्रयत्न पछि कुवेतले वैदेशिक शाखाको मान्यता पायो । केन्द्र र कुवेतमा रहेका पत्रकारहरुको बारम्बारको प्रयास पछि ३० नोभेम्बर, २०१२का दिन नेपाल पत्रकार महासँघका प्रतिनिधि प्रताप बिष्टको उपस्थितीमा वैदेशिक शाखा कुवेतको पहिलो अधिबेशन भयो । महासँघका संस्थापक अध्यक्ष सुजन केसी भए । तर सन २०१३ सेप्टेम्बरमा केसीले एनआरएनको अध्यक्ष पदका लागी महासँघबाट बाहिरीए । त्यस पछिको समयमा मैले अध्यक्षको जिम्मेवारिमा रहेर सबै मित्रहरुसँग सहकार्य गर्ने सौभाग्य पाएँ । यस बिचमा केन्द्रका मोहन तामाङको उपस्थितीमा दोस्रो अधिबेशन भयो । त्यस अधिबेशनबाट पनि मलाइ दोस्रो कार्यकालका लागी काम गर्ने जिम्मेवारी मिल्यो । कोरोनाको कारण अधिवेशन समयमै गर्न सकिएन । तर सन २०२१ अप्रिलमा म सधैंका लागी नेपाल फर्कने भए पछिको अधिवेशनबाट सर्बसहमतिमा नवराज पन्थी अध्यक्ष भए । पन्थीको कार्यकाल पछि केन्द्रीय महासचिब रोशन पुरीको उपस्थितीमा भएको अधिबेशनबाट हाल सम्म राज (एकराज) मल्लले सर्बसहमतिमा नेत्रीत्व समालीरहेका छन । यस बिचमा पत्रकार साथीहरुको स्तर तथा लेखन कलाकाे बिकासका लागी बिभिन्न तालिमहरु सञ्चालन भए । कोरोनासँगै भित्रिएको अनलाइन तालिमहरुले हामी(महासँघ कुवेत)लाइ बिश्व माझ पुग्न अझ सहज बनायो ।
कुवेतको नेपाली समाजको निर्माण देखी हाल सम्मको साक्षी भइराख्न पाउदा खुसी लागीरहेको छ । कुवेतमा नेपाली राजदूतावास स्थापना देखी एनआरएन तथा बिभिन्न साँस्कृतिक, क्षेत्रगत, पेशागत, मिडियाहरु, जातीय तथा सामाजिक सँघ–संस्थाहरुको निर्माणको साक्षी हुन पाएँ । त्यति मात्र होइन, डोल्मा शेर्पा, रामचन्द्र तिमल्सीना (साउदी), जीवन रानाभाट लगाएतको फिर्तिको लागी देखी धेरै नेपालीहरूको समस्या सहजीकरणका लागी साथी हुन पाइयो । नेपालको पुर्व देखी पश्चिम सम्मका बिभिन्न समयकालका घटना–दुर्घटना लगाएत बिभिन्न रोगले ग्रसित नेपालीहरुसँग बिभिन्न अभियान मार्फत जोडिने अवसर मिल्यो । त्यतिमात्र होइन भुकम्पमा आफ्नै घर गुमाउदा पनि त भुकम्प पछिको देशभरिको पुननिर्माणमा महासँघका सहयात्रीहरुसंग लागी रहेँ । कोरोना कालको शुरुवातमै आफैले जागीर गुमाइयो, कोरोनाले शुरुमै समात्यो र पनि निरन्तर समस्यामा पर्ने श्रमिक साथीहरुका लागी काम गर्न सबै पत्रकारहरुको साथमा लागी रहने बाध्यमत्मक अबस्था बन्याे ।
पत्रकारिता भनेकै सीक्ने सिकाउने र पहिलेका कमजोरीलाइ सुधार्दै निश्पक्षताका साथ अगाडी बढिरहने प्रकृया हो । कुवेतमा रहने म लगाएत अधिकांश पत्रकार सहयात्री मित्रहरुले कामका साथमा पत्रकारीतालाइ तिखार्दै लानु भएको छ । उहाँहरु सबैको लेख, भिडियो, पोडकाष्ट, फोटोहरुमा गुणस्तरीयता बढ्दै गएको छ । यो सबै निरन्तरको लेखाइ, पढाइ र खोजले भएको हो । मैले पनि सन २०२१ मा घर फर्केकै भोली पल्टदेखी पत्रकारितामा स्नातक पढिरहेको छु । २३ वर्ष पछिको क्याम्पस पढाइ र नयाँ पिढीसँगको सिकाइले मेरो पत्रकारितामा अझ नयाँ इटा थपिरहेको छ । यति भन्दै गर्दा कुवेतमा मात्र होइन, संसार